काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री जम्कट्टेलले आइतबार बसेको प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गरेका हुन् । नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन गत असार २४ गते फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए । मुख्यमन्त्री जम्कट्टेलले अल्पमतमा परेपछि…