काठमाडौँको मेयरमा एमालेका स्थापितको उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँ महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्ति वाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार डङ्गोलले सभा गृहमा स्थापना गरिएको काठमाडौँ महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर…