हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौंडा र सङ्घीय राजधानी काठमाडौंको जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताएका छन् । हेटौंडा–कुलेखानी–फाखेल–काठमाडौं सडक पुसभित्र निर्माण सम्पन्न भइसक्ने उनले दाबी गरे । प्रदेश राजधानी र सङ्घीय राजधानी काठमाडौंसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकखण्ड पहिरोको उच्च जोखिममा छ । जसका कारण…