त्रिवेणी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त्रिवेणी–दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको जानकारी दिएका छन् । नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाद्वारा आज कावासोतीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले त्रिवेणी–दुम्किबास सडक नखुल्दा परेको समस्याका विषयमा प्रदेश जानकार रहेको र उक्त सडक खोल्न पहल गरिरहेको बताएका हुन् । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र विस्तृत आयोजना प्रतिवेदन…