रारा तालमा पुग्यो बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रारा ताल क्षेत्रमा बिजुली पुर्‍याएको छ । कर्णाली प्रदेशको मुगुमा दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुगेको हो । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादित् विद्युत करिब २५ किलोमिटर प्रसारणलाइन निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत् उपलब्ध गराएको हो ।…