कृषि विकास कार्यालय मुगुका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता 

मुगु । कृषि  विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्ष सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध सिँचाई कुलो निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो । कर्मचारी, जनप्रतिनिधि तथा उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा छायानाथ रारा नगरपालिका १० स्थित तीनमुखेदेखि…