दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकालाई माइती नेपालले पढाउने

काठमाडौं। जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ । १६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमूलक तालिम एवं प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिन तयार भएको प्रदेश सभा सदस्य राजीवविक्रम शाहले बताए। आफ्नो अनुरोधलाई स्वीकार गरेर आफन्त गुमाएका बालिकाको…