काँक्रेविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। प्रदेश सरकारअन्तर्गत खुला प्रतिस्पर्धाबाट अधिकृत सातौँमा नियुक्त भएका अधिकृतहरूलाई आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलले सेवा प्रवाहमा पक्षधरताभन्दा कार्यसम्पादनलाई प्रमुख ठानेर काम गर्न निर्देशन दिएका हुन् । समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको चर्चा गर्दै…