कामाडौं । पूर्वमन्त्री एवम् एमालेका केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङ अस्वस्थ भएका छन् । ताप्लेजुङ इन्चार्ज रहेका एमाले नेता नेम्वाङ जिल्ला कमिटीको सचिवालय बैठकमा अचानक ढलेका एक नेताले जानकारी दिएका छन् । उनलाई तत्काल जिल्ला अस्पताल ताप्लेजुङ पुर्याएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको एमाले जिल्ला कमिटी ताप्लेजुङले जनाएको छ…