काठमाडौं । नेपाली कांग्रेस उदयपुर जिल्ला क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा रामकुमार खत्री सर्वसम्मत भएका छन् । सोही क्षेत्रको प्रदेश उपसभापति ‘क’ मा टेकबहादुर दाहाल, प्रदेशसभा सभापति क्षेत्र नं. २ (ख) मा दुर्गाबहादुर खपाङ्गी मगर, उपसभापतिमा धिरेन्द्र पुलामी मगर र मञ्जेश श्रेष्ठ सर्वसम्मत भएका छन् । महासमिति सदस्य खुलामा गोविन्द चाम्लिङ, पार्वती राई, चेतबहादुर…