राजीनामा दिएर मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई उद्वव थापाको सुझाव

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताए । कोशी प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन गणितले नपुग्ने भएकाले मुख्यमन्त्री कार्कीले राजीनामा दिएर भोलि आउने सरकारलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् । मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावका…