लुम्बिनीका तीन जिल्लामा भोलि सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेशका तीन जिल्लामा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकार, मन्त्रिपरिषदको २०८० जेठ ३२ गतेको निर्णयानुसार भुम्या पर्वको अवसरमा शुक्रबार रोल्पा, रुकुम (पूर्व) र दाङमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिए । हरेक वर्ष असारको पहिलो साता मनाइने भुम्या पर्वमा मगर समुदायले…