प्रतिफल आउने गरी लगानी गरौँ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कुनै पनि क्षेत्रमा लगानी गर्दा प्रतिफल आउनेगरी काम गर्न निर्देशन दिएका छन् । प्रदेश योजना आयोगको आयोजनामा आज देउखुरीमा भएको परामर्श कार्यशालामा मुख्यमन्त्री चौधरीले अब सरकारले लगानीमात्रै गर्ने नभई त्यो लगानीबाट आउने प्रतिफल र आर्थिक समृद्धिको पक्षलाई ख्याल गर्ने बताए । “हामी बाटो बनाउँछौँ, तर बाटोबाट स्थानीय…