बुटवल । बाँकेको नेपालगन्जमा दादुराको प्रकोप फैलिएपछि नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले स्थानीय सरकारलाई गुहारेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा दादुरा रोग प्रकोपको रूपमा फैलिएपनि आवश्यक रणनीति बनाउन बसेको स्वास्थ्यकर्मीहरुको बैठकले नियन्त्रणका लागि स्थानीय सरकारलाई आग्रह गरेको हो । स्वास्थ्यकर्मीहरूले उपचारका लागि चाहिने सहयोग जुटाउन स्थानीय सरकारलाई पत्राचार समेत गरेका छन् । प्रकोपबाट नेपालगन्जमा साढे दुई वर्षका बालकको…