अर्घाखाँचीमा जिप दुर्घटना: २ जनाको मृत्यु, दुई घाइते

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका-३ ढुङ्गाडेस्थित लुटीपोखरी-खनदह भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब २००-२५० मिटर तल खसेको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ बिहान ३:५० बजे ईलाका प्रहरी…