काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको साविक विजेता जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका महान् ब्याटर शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ५१ वर्षीय चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको जनकपुरले सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो । एनपीएलको पहिलो संस्करणमा जनकपुरले पबुदु दासानायकेलाई प्रशिक्षक नियुक्त गरेको थियो । अहिले अमेरिकाका मुख्य प्रशिक्षक रहेका पुबुदु नेपाली…