काठमाडौँ । वीरगञ्जमा शुक्रबार आयोजना हुन लागेको गहवामाई रथयात्रालाई लक्षित गर्दै सुरक्षा व्यवस्था उच्च सतर्कतामा राखिएको छ। जिल्ला प्रशासन कार्यालय वीरगञ्जका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायलाई सतर्क बनाइएको छ। गहवामाई मन्दिरको पुनर्निर्माण सम्पन्न भएको १३ वर्ष पुगेको अवसरमा आयोजना हुने यस रथयात्रामा करिब एक लाखभन्दा बढी भक्तजन सहभागी हुने…