गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । गैरकानुनी रूपमा नदी दोहन गरी राजस्व हिनामिना गरेको अभियोगमा कैलालीको मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष नवलसिंह रावल (हाल निधन), कार्यवाहक अध्यक्ष पूजादेवी बुढामगर, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझा, र निर्माण व्यवसायीसहित १४ जना विरुद्ध ५४ लाख…