सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ६०.३४ प्रतिशतमात्रै खर्च गरेको छ । चालु आवमा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये २० अर्ब १५ करोड ३९ लाख ७३ हजार अर्थात् ६०.३४ प्रतिशतमात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा…