पार्टी एकताका लागि संयोजन समिति बनाउन प्रचण्ड र माधव नेपाल सहमत

काठमाडौं । सत्तारुढ दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । सोमबार बिहान हात्तिवनस्थित प्रचण्डका भान्जा गोकुल भण्डारीको घरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिए…