पूर्वयुवराजको अपहरण मुद्दा र डा. दुर्गा पोखरेलको ‘स्याडो ओवर सांग्रिला’

पूर्वयुवराजको अपहरण मुद्दा र डा. दुर्गा पोखरेलको ‘स्याडो ओवर सांग्रिला’

छोरीहरुले कृया बस्दा अहिले पनि समाचार बन्ने नेपाली समाजमा ४० बर्ष अघि त्यो समाजले छोरा छोरीबीच गर्ने फरकबिरुद्ध ठूलो बिद्रोह थियो ।



”साँइली र माइली पोइल गएछन् गाउँघरलाई शुन्य पारेर
हामीलाई झुक्याइ भागेछन् गाउँघरको नाकै काटेर”

मधु छेत्री र उदितनारायण झाले गाएको यो गीत कुनै समय लोकप्रिय थियो । लगभग चालीस वर्षपछि कालीप्रसाद बाँस्कोटाको स्वर ,संगीतमा अर्को गीत आयो “ए ससुरा बा मलाई साली मन पर्‍यो। “अहिले नारीप्रतिको धारणासँग यो गीतलाई तुलना गरिदैछ । एउटी बुहारीले “ए ससुरा बा मलाई जेठाजु मन पर्‍यो ” भन्दा समाजले त्यो गीतलाई कसरी स्वीकार गर्छ भन्ने बहस पनि शुरु भएको छ । समाजभित्र द्वन्द निरन्तर चलिरहन्छ । तत्कालीन अवस्थामा देखिएका र मानिएका खराब कुराहरु छुट्छन नयाँ कुरा जोडिन्छन् । समयक्रममा त्यही नयाँ पनि रुढीवाद जस्तो देखिन्छ, फेरि सुधार हुन्छ । बिकास र परिवर्तन यसरी नै सम्भव हुने हो ।

सबैभन्दा उल्लेखनीय पाटो भनेको आम मान्छेमा नकारात्मक छवी बनाएका धिरेन्द्रको सहयोगमा उहाँको गिरफ्तारीपछिको अवस्था सार्वजनिक हुनु र उहाँमा बाँच्ने बाच्ने आशा जागेर आएको घटना छ । विवेकशून्य , क्रुरहरुमा पनि कहिलेकाहीं विवेक देखिन्छ ,ती पनि दयालु भएर आउँछन्। यो पुस्तक पढेपछि यही अनुभव गर्न सकिन्छ । नमिता-सुनिता काण्डका आरोपित भक्षकका रुपमा चिनिएको पात्र नै अर्को नारीको रक्षकको रुपमा देखिनु आँफैमा अनौठो ईतिहास छ ।

केहीका लागि मिस नेपाल वा त्यस्ता प्रतिस्पर्धामा स्वीमसुटको प्रयोग नारीलाई नंगाए जस्तो लाग्छ। नारीलाई केवल सजाउने साधनको रुपमा लिइएको भन्ने लाग्छ । केहीका लागि नारी सौन्दर्यको प्रतिक हो । हेर्ने नजरियाले श्लील र अश्लील हुने हो भन्ने तर्क पनि छन् ।कतिपयका लागि अराजक लाग्ने प्रेम ,यौन,विवाह र बिछोडको स्वच्छन्द स्वनिर्णय लिने मनिषा कोइराला आदर्श लाग्छन्,कसैका लागि विवाह नै नगरि बस्ने र समाजले तोकिदिएको अनुशासनलाई पछ्याउने मदर टेरेसा । आदर्शका यी फरक मानकले धेरैका लागि उहापोह निम्त्याउँछ ।

समाज बदल्न यथास्थितिसँगको बिद्रोह आवश्यक हुन्छ । हजार बर्ष पहिले गार्गी ,मैत्रिये जस्ता दार्शनिक जन्माउने भारतबर्ष आज नारीलाई समान शिक्षाका लागि संघर्ष गर्दैछ । पाँच हजार बर्ष पहिले आफ्नो बर आँफै छान्ने द्रौपदीको कथा पढ्ने हाम्रो समाज अझै बर बधुको चाहना बिपरित विवाहको लागि दबाब दिन्छ ।

शिक्षा र ज्ञानसहितको अधिकार स्थायी हुन्छ र यसले सकरात्मक प्रभाव ल्याउँछ । महिलाहरु शिक्षा,स्वास्थ्य र समान अधिकारको लागि अझै संघर्ष गर्दैछन् । केही संघर्ष बिश्वब्यापी रुपमा सामुहिक रुपमा उठाइएका पनि छन् केही स्थानीय तहका छन् ।प्रजातन्त्र नहुँदा नेपालमा एकथरिको संघर्श थियो अहिले अर्कोथरि ।

नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि महिला अधिकारको क्षेत्रसम्म काम गरेकी डा दुर्गा पोखरेलको “Shadow over shangrila” हात पर्‍यो । त्रिभुवन विश्व बिद्यालयमा प्राध्यापन गराउँदा गराउँदै प्रजान्त्रवादी भएकैले, राजनैतिक आस्थाको कारण उहाँलगायत २६ जना प्राध्यापक २०३२ सालमा विश्व बिद्यालयबाट निष्कासित हुनुभयो । मेरो बुवा पनि निष्कासित हुने मध्ये एकजना भएकोले हुन सक्छ मैले ईतिहास पढ्नुपर्छ भन्ने उहाँलाई लाग्यो होला र मलाई त्यो पुस्तक पठाउनु भयो ।

धनकुटाको जन्मदेखि हार्वर्डको पिएचडीसम्मको उहाँको यात्रा वास्तवमा रोलकोस्टरले भरिएको छ । राणाद्वारा बनारस पढ्न पठाइएका नरपति कविराजकी छोरी दुर्गाले प्रजातान्त्रिक आन्दोलनमा आफ्नो भूमिका त खेल्नु भयो नै । लगभग चालिस बर्ष अगाडि बुवाको मृत्‍युपछि छोरा सरह १३ दिनको श्राद्धकृया मात्रै गर्नु भएन आफ्नो घुँडासम्मको लामो कपाल पनि काट्नु भयो । छोरीहरुले कृया बस्दा अहिले पनि समाचार बन्ने नेपाली समाजमा ४० बर्ष अघि त्यो समाजले छोराछोरीबीच गर्ने फरक बिरुद्ध ठूलो बिद्रोह थियो ।

अनेक अप्ठ्याराहरुपछि पढ्न काठमाडौं आएकी दुर्गा पोखरेलले अध्ययनका लागि काठमाडौं आउने निर्णय गर्दा घरबाटै संघर्ष गर्नुपर्‍यो । उहाँले विद्यार्थी राजनीतिमा आफ्नै छुटै पहिचान बनाउनु भयो । धनकुटा कि दुर्गाले त्यो जिल्ला मात्रै हैन त्यो भेगका अन्य जिल्लामा पनि संगठन गर्नु भयो । एउटी युवतीकालागि घर छोडेर संगठनमा हिंड्दा पक्कै पनि सहज भएन । २०० बर्ष भन्दा लामो सफल प्रजातन्त्रको इतिहास बोकेको अमेरिकामा बल्ल महिला उपराष्ट्रपति भएकी छिन् भने नेपालमा चालिस पचास बर्ष अघि राजनीतिक वा सामाजिक बिषयमा आवाज उठाउने महिलाका लागि हरेक पाइलामा अप्ठ्याराहरु थिए ।

दरबारभित्रका र दरबारका नाममा आफ्नो राजनीति सजिलो बनाउन त्यहाँका आसेपासेले अरुलाई कसरी फसाउने षड्यन्त्र गर्छन् भन्ने कुरा पनि यसमा समेटिएको छ । पञ्चायतमा धनकुटाबाट अत्यन्त शक्तिशाली मानिएका पञ्चहरुले नेतृत्व गर्थे । 

उहाँ धनकुटामै अध्यापन गराएर पनि बस्नुभयो । प्राध्यापनपछि पत्रकारितामा लाग्नु भएकी दुर्गालाई तत्कालीन युवराजको अपहरणको आरोपमा गिरफ्तार गरियो । राजनैतीक सहकर्मीलाई गरिएको आर्थिक सहयोगलाई युवराज अपहरणको योजनाको लागि सहयोग गरेको अर्थ लगाएर गिरफ्तार गरिएको थियो । उहाँलाई कैयौं दिन खान दिइएन,उहाँको अवस्था सार्वजनिक गरिएन । राजातन्त्रको निरंकुशताको चरम यातना उहाँले सहनु पर्‍यो । काठमाडौंदेखि महेन्द्रनगर सम्मको जेल बस्दा उहाँले अनुभव गरेका अनेकन् यातना र जेलभित्रै कमजोरहरुलाई साक्षर र शिक्षित बनाउने उहाँको प्रयत्नले नयाँ पुस्ताका राजनीतिक कार्यकर्तालाई सधैं प्रेरित गर्नेछ ।

जनाना जेलमा हुँदा भेटिएका बिभिन्न कैदीका कथाहरु सुनेर उहाँ आन्दोलित भएको घटनहरु पनि छन् । शक्तिशालीहरुले कसरी महिलाहरुको अस्मितासँग खेल्छन् र आफ्नो स्वार्थ पुरा भएपछि अनेकन बहानमा अभियुक्त बनाएर जेल पुर्याउछन् भन्ने पनि पुस्तकमा बिस्तारपूर्वक उल्लेख गरिएको छ । हिजो दरबारसँग सम्बन्धित हरुले मात्रै यस्तो हर्कत गरेपनि आज शक्तिको उन्मादमा त्यो हर्कत यद्यपी छ । सभामुखको चरित्रदेखि निर्मला हत्याकाण्ड र र माथिल्लो जातिलाई प्रेम गरेको अभियोगमा बाधेर खोलामा फालेको जस्ता अनेकन घटनाहरुले यसको पुष्टी गर्छ ।

दरबारभित्रका र दरबारका नाममा आफ्नो राजनीति सजिलो बनाउन त्यहाँका आसेपासेले अरुलाई कसरी फसाउने षड्यन्त्र गर्छन् भन्ने कुरा पनि यसमा समेटिएको छ । पञ्चायतमा धनकुटाबाट अत्यन्त शक्तिशाली मानिएका पञ्चहरुले नेतृत्व गर्थे । आफ्नो प्रभाव बढाउन कसरी अरुलाई फसाउने र आफुलाई बलियो र दरबारप्रति इमान्दार देखाउने कोशिस हुन्छ भन्ने पनि यो पुस्तकमा छ । त्यो षड्यन्त्रको शिकार दुर्गा पोखरेल स्वयं हुनुभयो ।

कमजोर माथि ठूलाले सधैं प्रभाव देखाउन खोज्छन् र त्यो प्रभावको दबाबले बिद्रोह जन्माउँछ । कहिले यसले सकारात्मक असर देखाउँछ भने कहिले नकारात्मक,तर परिवर्तन भने अवश्य हुन्छ । स्वाभाविक रुपमा कमजोरले जित्ने भनेको सत्य र निष्ठाको आडमा मात्रै हो ।

सबैभन्दा उल्लेखनीय पाटो भनेको आम मान्छेमा नकारात्मक छवी बनाएका धिरेन्द्रको सहयोगमा उहाँको गिरफ्तारीपछिको अवस्था सार्वजनिक हुनु र उहाँमा बाँच्ने बाच्ने आशा जागेर आएको घटना छ । विवेकशून्य , क्रुरहरुमा पनि कहिलेकाहीं विवेक देखिन्छ ,ती पनि दयालु भएर आउँछन्। यो पुस्तक पढेपछि यही अनुभव गर्न सकिन्छ । नमिता-सुनिता काण्डका आरोपित भक्षकका रुपमा चिनिएको पात्र नै अर्को नारीको रक्षकको रुपमा देखिनु आँफैमा अनौठो ईतिहास छ ।

तत्कालीन युवराजको अपहरणको आरोपमा गिरफ्तार भएकी उनै दुर्गा पछि ज्ञानेन्द्र शासनमा दरबारबाटै मनोनित मन्त्री भइन् । दरबार के हुन्छ र खुशी हुँदा के हुन्छ भन्ने कुराको उहाँ प्रत्यक्ष उदाहरण हुनुभयो ।

कमजोर माथि ठूलाले सधैं प्रभाव देखाउन खोज्छन् र त्यो प्रभावको दबाबले बिद्रोह जन्माउँछ । कहिले यसले सकारात्मक असर देखाउँछ भने कहिले नकारात्मक,तर परिवर्तन भने अवश्य हुन्छ । स्वाभाविक रुपमा कमजोरले जित्ने भनेको सत्य र निष्ठाको आडमा मात्रै हो । त्यो निष्ठाका लागि धर्म सहायक हुन सक्छ । यो पुस्तकमा धर्मप्रतिको उहाँको आस्था र विश्वास प्रष्टसँग देखिन्छ । पुस्तकको शुरुवात नै गणेशप्रति शिर झुकाएर गरिएको छ ।