काठमाडौं । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ । खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासले रिहाको आदेश गरेको हो । ‘निजको पक्राउ पुर्जी र म्याद थप कानुन सम्मत देखिएन । निजमाथि दाबी कसुरको अनुसन्धान हिरासतबाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र…