प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र विवादरहित रूपमा सम्पन्न भयो : आयोग

काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई देशको निर्वाचन इतिहासमै शान्तिपूर्ण तथा विवादरहित रूपमा सम्पन्न भएको बताएको छ । बुधबार आयोगद्वारा आयोजित जलपान कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन समग्रमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै कुनै पनि मतदान केन्द्रमा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको जानकारी दिए ।…