गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैरसंवैधानिक काम गरे- कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरेको आरोप लगाएको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैर संवैधानिक भएको नेपाली कांग्रेसको…