प्रधानमन्त्री र नेता कोइरालाबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल

काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार विहान नेता मिनेन्द्र रिजाललाई साथमा लिएर नेता कोइराला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । कांग्रेस र जसपाले मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेकाेले पार्टीभित्र मिलाएर चाँडो मन्त्रीको नाम पठाइदिन प्रधानमन्त्रीले नेता कोइरालालाई आग्रह गरे…