मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी, कांग्रेसबाट कसलाई कुन मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा सक्रिय रहेको बुझिएको छ । नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम फाइनल भएकाले प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् । नेताहरूका अनुसार जनता समाजवादीलाई दिएको एउटा मन्त्रालयबाहेक बिहीबार वा शुक्रबारनै कांग्रेसको भागमा परेको ५ वटा मन्त्रालयमा मन्त्री नियुक्त गरिनेछ । सत्तारुढ दलहरुबीच भएको भागबण्डामा कांग्रेसले ८…