काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको दाबी उपराष्ट्रपतिमा रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि उनले उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक रहेको बताए । सिंहदरवारमा सञ्चारकर्मीसँग उनले भने, 'राष्ट्रपति निर्वाचनबारे परामर्श भयो। हामीले उपराष्ट्रपति हाम्रो पार्टीबाट हुनुपर्छ भन्यौं। प्रधानमन्त्रीज्यूले सकारात्मक छु भन्नुभयो।’ यादवले राजनीतिक खेल सुरु भएको टिप्पणी गरेका छन् । 'कांग्रेसलाई…