वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल २९ फागुनमा सकिँदैछ । त्यस अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । नयाँ राष्ट्रपति निर्वाचन कहिले गर्ने भन्ने बारेमा विभिन्न छलफल चलिरहेको बेला निर्वाचन आयोगले चुनावको मिति घोषणाको तयारी भइरहेको बताएको छ । यससँगै गणतन्त्र नेपालको नयाँ राष्ट्रपति को बन्छ भन्ने विषय चौतर्फी चासोको विषय बनेको…