काठमाडौँ । नेपाली काँग्रेसले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारसँग स्पष्ट धारणा माग गर्दै पक्राउको कानुनी आधार र औचित्य सार्वजनिक गर्न आग्रह गरेको छ। जबरालाई आइतबार बिहान काठमाडौँको महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको थियो। उनको नियन्त्रणको कारणबारे प्रहरी अधिकारीहरूबाट सार्वजनिक भएका विवरणमा समेत फरक-फरक व्याख्या…