राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् । बुधबार अपराहन्न प्रधानमन्त्री प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।