सार्वजनिक लेखा समिति सभापति पत्नीविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारीको रकम ठगी गरेको आरोपमा सङ्घीय संसद्को लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत मोरङले धनपालथान गाउँपालिका–३ को उमागौरी सहकारीको रकम अपचलनको आरोपमा अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सात दिनभित्र प्रतिवादीहरू पक्राउ नपरे प्रहरीले सम्बन्धित व्यक्ति र…