काठमाडौं । अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभी फुटेज 'रिकभर' गरेको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर गरेर संसदीय छानबिन विशेष समितिमा पठाएको हो ।प्रयोगशालाबाट प्राप्त भिडिओ फुटेजहरू आज बिहान बसेको बैठकमा समितिका सदस्यहरुले हेरेका थिए । समितिका एक सदस्यका अनुसार प्रहरीको विज्ञ…