प्रदिप ज्ञवालीको प्रश्न: मूल्यवृद्धिविरुद्ध बोल्दा मलाई ट्रोल बनाएर भान्सा सस्तो हुन्छ ?

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले आफूले मूल्यवृद्धिविरुद्ध कुरा उठाउँदा आफूलाई ट्रोल बनाइएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा उनले आफूले मूल्यवृद्धिको कुरा उठाउँदा अमेरिकामा खाना खाएको फोटोलाई ट्रोल बनाइएको बताए । ज्ञावलीले मूल्यवृद्धिको कुरा गर्दा सत्तारुढ दलका कार्यकर्ताले ट्रोल बनाएको भन्दै उनले दुखेसो पोखे । ‘अमेरिकामा खाना खाएको मेरो फोटो राखेर उहाँहरूको…