काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिहरुबीच तालमेलको प्रस्ताव गरेका छन्। नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा नेपालको भूराजनीतिक अवस्थाको बारेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले आउने चुनावमा पार्टी एकता नभए पनि नेकपा एमाले र माओवादीबीच तालमेल गर्न प्रस्ताव राखेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित मन्चबाट माओवादी…