काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले आफ्नो राजीनामा पत्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन । यसअघि शुक्रबार नै मन्त्री आलेले ४८ घण्टाभित्र आफूले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । स्रोतका अनुसार त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन्…