राष्ट्रपति पौडेल र प्रधानमन्त्री ‘प्रचण्ड’बीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। मंगलबार बिहान शितल निवास पुगेर प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री र राष्ट्रपतिबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।