काठमाडौँ । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी)केन्द्र बाहिरिने भएको छ। केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट माओवादीले बाहिरिने तयारी गरेको हो । कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा,राजेन्द्र कार्की स्वास्थ्य मन्त्री,नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् ।…