रास्वपा भोट होइन काम माग्न आएको हो : बालेन शाह

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कामको सूची दिन सुदूरपश्चिम प्रदेशका जनतालाई आग्रह गरेका छन् । सो पार्टीले बुधबार धनगढीमा आयोजना गरेको ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी भोटभन्दा पनि काम माग्न आएको बताएका हुन् । “तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ,” शाहले भने,…