काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल अन्तत: प्रचण्ड-माधव कित्तामा सामेल भएका छन् । भृकुटीमण्डपमा जारी नेकपा माओवादीलगायत ९ दलको एकता सभामा खनाल केही बेरअघि पुगेका हुन् । माओवादीसँग एकता गर्ने निर्णयमा असहमति जनाउँदै खनालले आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका थिए । एकता सभा हुनुअघि प्रचण्ड र माधव नेपालसँग खनाल वार्तामा बसेका…