काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको दूरी कम गर्दै एकताको वातावरण बनाउन सभापति गगन थापासँग छलफल गर्ने बताएका छन्। आइतबार बिहान आफ्नै निवासमा डडेल्धुराका काँग्रेसका पूर्वसभापति कर्ण मल्लसँग भएको भेटमा देउवाले यस्तो धारणा राखेको मल्लले जानकारी दिएका छन्। उपचारपछि स्वदेश फर्किएका देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आफू भेट्न पुगेको उनको भनाइ छ। भेटका…