काठमाडौं । नेपाली कांग्रेस पार्टी सभापति गगनकुमार थापाले संस्थापनइतरले साउन १६ गते आयोजना गरेको भेला रोक्न आग्रह गरेका छन् । पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग भएको भेटमा सभापति गगनले यस्तो आग्रह गरेका हुन् । भेटमा सभापति थापाले पार्टी एकता सहमतिउन्मुख रहेको जानकारीसमेत दिए…