सर्लाहीको निलम्बित मेयर थापा भ्रष्टाचारी ठहर

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले बुधबार उनलाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतले थापालाई गैरकानुनी सम्पत्तिको मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरिवाना हुने फैसला सुनाएको छ । विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले…