काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गरेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको नेताहरूको बैठकमा उपनिर्वाचनमा पार्टीको रणनीति, योजनाबारे छलफल भएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । कात्तिक १७ गते हुन लागेको उपनिर्वाचन र त्यहाँ पार्टीको अवस्थाबारे केन्द्रित रहेर कुराकानी भएको हो । "रूपन्देहीको निर्वाचनका…