लोसपाका पूर्वमहामन्त्री देवेन्द्र यादव कांग्रेसमा प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री देवेन्द्रकुमार यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा भित्र्याएका छन् । तत्कालीन सद्भावना पार्टीको राजनीतिबाट राजपा हुँदै यादव लोसपामा पुगेका थिए । तत्कालीन राजपामा राजेन्द्र महतोको ‘कोटा’बाट उनी महामन्त्री बनेका थिए । महतो लोसपा छाडेर जातीय समूहमार्फत राजनीतिमा लागेपछि यादव निष्क्रिय बसेका थिए । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव…