काठमाडौं । कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज आचार्यको अनुहार जलनको उपचारका लागि उच्च निगरानीमा राख्नुपर्ने बताएको छ। अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै प्रारम्भिक मूल्याङ्कनमा उनीहरूको अनुहार ५–६ प्रतिशत जलेकाले उच्च निगरानीमा उपचार आवश्यक रहेको बताएको हो। अस्पतालका निर्देशक किरण किशोर नकर्मीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरुको प्रारम्भिक मूल्याङ्कन…