कोरियाका पूर्व राष्ट्रपति युनलाई नयाँ पक्राउ पुर्जी जारी

सियोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले सुनुवाइका लागि पटक–पटक उपस्थित हुन नमानेपछि अभियोजकहरूले सोधपुछका लागि भन्दै बुधबार नयाँ पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन् । गत डिसेम्बर ३ मा युनले दक्षिण कोरियामा नागरिक शासनको अन्त्य गर्ने र सैनिक शासन लागू गर्ने प्रयास गरेका थिए । मार्शल कानुन जारी गरिएको घोषणा गर्दै उनले…