काठमाडौं । इजरायलले खाद्यान्न वितरण स्थल नजिक आक्रमण गर्दा खाना पर्खिरहेका २० जना प्यालेस्टिनीको ज्यान गएको छ । खाद्यान्न र आर्थिक सहायताका लागि लाइनमा बसेकामाथि इजरायली सेनाले गोली चलाउँदा उनीहरूको ज्यान गएको गाजा प्रहरीलाई उद्धृत गर्दै कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले ‘खानाको हतियारीकरण’ भएको भन्दै घटनाको निन्दा गरको छ । प्यालेस्टिनीहरू हरेक…