इरानमाथि अमेरिकी आक्रमणप्रति अन्तराष्ट्रिय समुदायको आयो यस्तो प्रतिक्रिया

न्यूयोर्क । इरानमाथिको अमेरिकी आक्रमणले तेहरानसँग इजरायलको युद्ध व्यापक क्षेत्रीय द्वन्द्वमा परिणत हुन सक्ने आशङ्का लाई बढावा दिएको छ । आक्रमणपछि देशहरूले आइतबारदेखि कूटनीति र सावधानीका लागि आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई हप्ताभित्र यसमा संलग्न हुने वा नहुने बारे निर्णय गर्ने बताउनुभएको थियो । वासिङ्टनले इजरायलको अभियानमा आइतबार बिहानआफुलाई प्रवेश गराएको…