एजेन्सी/खार्तुम । सुडामा एक युवतीलाई व्यभिचारको आरोपमा ढुंगाले हानेर मृत्युदण्डको सजाय सुनाइएको छ । करिब एक दशकमा पहिलो पटक सुडानमा यस्तो सजाय सुनाइएको हो ।सुडानको ह्वाइट नाइल राज्यको प्रहरीले गत महिना २० वर्षीया मरियम अलस्यद तिराबलाई फौजदारी अदालतमा जुन २६ मा सजाय सुनाउनुअघि पक्राउ गरेको थियो । फैसलाविरुद्ध उनले उच्च अदालतमा अपील गरेकी छिन् ।…