पहाडै चर्किएपछि तीन सय परिवार जोखिममा

पर्वत । जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिङ्गो गाउँ पहिराको जोखिममा परेको छ । बस्तीभन्दा माथि रहेको लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो । निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो माटो, ढुङ्गासहितको लेदोले खेतबारीसमेत पुरिन थालेको छ । वडा नं ५ लेखफाँटका साविकका दुई वडामा रहेका तीन सयभन्दा बढी परिवार…